रौतहट, २५ जेठ । ले चन्द्रपुर नगरपालिका वडा नं. २ जुडिबेलाको मुख्य बाटोको कालोपत्रे काम गुणस्तरहिन भएको बताउनुभएको छ । नगर प्रमुख काफ्लेले हाल गदै आएको सडकको काम गुणस्तरहिन भएको र सडकमा नै जलासय बनेको कारण तुरुन्त सच्चाउन निमार्ण कम्पनीलाइ निर्देशन दिनुभएको छ । सडकको मापदण्ड अनुसार तोकिए बमोजिमको काम गर्न उहाँले निर्माण कम्पनीलाई सुझाव दिनुभएको थियो ।
चन्द्रपुर नगरपालिका वडा नं. २ स्थित जुडिवेलामा निर्माण कार्य भै रहेको कालोपत्रे सडकको विहिबार स्थलगत निरिक्षण गर्दै उहाँले उक्त निर्देशन दिनुभएकोछ । कालोपत्रे सडक मापदण्ड अनुसार नभएको र काममा लापरवाहि भएको जनगुनासो आएपछि आफु स्थलगत निरिक्षणका लागि आएको उहाँले बताउनुभयो । सडक कालोपत्रेको काम जुनसुकै निकायले गरेको काम भएपनि कमसल र झाराटारी नगर्न र गुणस्तरीय हुनुपर्नेमा उहाँले बताउनुभयो ।
सडक मोटाइ नपुगेको, लेभलिङ नमिलेको, पानी परेको अवस्थामा समेत ठेकेदार कम्पनीले कालोपत्रे गरेको गुनासोका आधारमा आफु अनुगमनमा आएको बताउनुभयो । नगर प्रमुख काफ्लेले सडकको बेस निर्माणमा कमसल कच्चापदार्थ बढी मात्रामा प्रयोग गरेको तथा रोलरको कम प्रयोग गरेका कारण समस्या देखिएको हुन सक्ने बताउनुभयो । यदपी प्राविधिक तथा ईन्जिनियरले यसको मुल्याङ्गन गर्नु पर्ने उहाँको तर्क छ । जुडिवेलाका अगुवा नेता प्यारो कार्कीका अनुसार कालोपत्रे सडकमा नै बर्षातको पानी जम्ने गरेको पाईएको छ ।
कालोपत्रे सडकबाट पानी नालामा नबग्नुले लापरवाहि तरिकाले काम भएको आरोप लगाउनुभयो । पटक–पटक निर्माण कम्पनीका प्रतिनिधिहरुलाई सम्झाउँदा समेत वेवास्ता गरेको उहाँको आरोप छ । जुडिबेलाको प्रवेशद्धार देखी असनवा सम्मको मुल सडकको दाँया बाया नाला सहितको कालोपत्रे,नयाबस्तीको सडक ढलान तथा गैडाटारको हाट बजार ब्यबस्थापनको लागी ठेक्का लागेको थियो । सो ४ वटा योजना सम्पन्न गर्नको लागी १६ करोड १२ लाख २१ हजार ३ सय ६५ रुपैयाको लागतमा बिनायक÷प्रजिल जेभि भक्तपुरले ठेक्का लिएको छ ।
सो ४ वटा योजनाको अनुमानित लागत २४ करोड ८८ लाख ४३ हजार ८८६ रहेको भएतापनि निमार्ण कम्पनीले १६ करोड १२ लाख २१ हजार ३६५ रुपैँयामा सकार गरेको छ । अहिले सोहि अन्तर्गत जुडिवेला प्रवेशद्धारबाट कालो पत्रे सडक निर्माण कार्यले तिव्रता पाएको हो । दुई तर्फ नालाको काम सकिएको छ भने कालोपत्रेको काम पनि आन्तिम चरणमा पुगेको ठेकेदार निमार्ण कम्पनीले जनाएको छ । सहरी बिकास मन्त्रालय अन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनामा यो बसपार्क बन्न लागेको हो ।
ठेकेदार निमार्ण कम्पनीले सो योजना आउदो २०८१ असोज १५ गते भित्र निमार्ण गरिसक्नुपर्ने छ । चन्द्रपुर नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारी, नगरपालिकाका ईन्जिनियर महेश वोहरा र पत्रकार लगायतले अनुगमन गर्नुभएको हो । अनुगमनमा पुगेको टोलीलाई स्थानियले सडक निर्माणका क्रममा भएको त्रुटी वा कमिकमजोरीको बारेमा बताउनुभएको हो । चन्द्रपुर नगरपालिकाले सडक ढलान, कालोपत्रे तथा नाला निर्माणको काम पनि प्रथामिकता दिँदै आएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्