काठमाडौं, जेठ २६ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी गठन भएपछि हुन लागेको पहिलो राष्ट्रिय महाधिवेशनमै चुनावबाट नेतृत्व चयन हुने अवस्था देखिएको छ ।
सत्ताको चरम दुरुपयोग गरी संबिधान र कानूनबिपरित दल दर्ता भएको नेकपा एकीकृत समाजवादीको पहिलो महाधिवेशन (भनिएको १० औँ) आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने तय भएको छ ।
सो महाधिवेशनमा माधव अध्यक्ष दोहोरिने योजनाका साथ खेलो फडको गरिरहनु भएको बेला उहाँपछिको बरियतामा रहनुभएका सम्मानित नेता झलनाथ खनालले चुनौती दिनुभएको छ । खनालले महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेर माधवलाई चुनौती दिनुभएको हो । खनालले आफू निकट नेतासँग माधवबाट पार्टी चल्न नसक्ने प्रमाणित भइसकेको भन्दै अव आफूले नेतृत्व लिने बताउनु भएको हो ।
खनालले आफू निकट नेतासँग दक्षिणपन्थी अवसरवाद अन्त्य गरी क्रान्तिकारी समाजवादी कार्यक्रमलाई लागू गर्न अध्यक्षमा उम्मेदवारी दिने बताउनु भएको छ । पार्टी विभाजन भएको तीन वर्ष पुग्न लाग्दासमेत नेतृत्वले औचित्य पुष्टि गर्न नसकेको कारण आफू अघि सरेको खनालको भनाइ छ ।
एउटै टिममा रहेर माधव नेपालको दिनुभएको धोकाका कारण अध्यक्षमा पराजीत हुनुभएका ओली नवौं महाधिवेशनमा माधवलाई नै पराजीत गरी अध्यक्ष हुनुभएपछि दुवै नेता एमालेबाट बाहिरिएर नेकपा एकीकृत समाजवादी गठन गर्नुभएको थियो ।
महाधिवेशनबाट फेरि अध्यक्षमा दोहोरिन माधव नेपालले भित्रभित्रै तयारी तीव्र पारिरहनु भएको अभियान चलाउनु भएको हो ।
यता खनालले पनि नेतृत्वका लागि अध्यक्ष नेपाल र सम्मानित नेता खनालबिच खुला रूपमै तयारी चलिरहेको छ । खनाल र नेपालबिच पार्टी नेतृत्वको विषयमा मात्रै नभइ सुरुदेखि नै पार्टीको कार्यदिशा र पार्टी परिचालनको विषयमा पनि विवाद रहेको छ । नेकपा एसको महाधिवेशनमा करिब १५ सयको हाराहारीमा प्रतिनिधि हुने बताइएको छ ।
नेकपा एमालेको लामो समय नेतृत्व गर्नुभएका खनाल र नेपाल नवौं महाधिवेशनबाट नेतृत्वबाट धकेलिएपछि पार्टी नै बिभाजन गरी हिडनुभएको हो । बुटवलमा भएको आठौँ महाधिवेशनमा खनाल एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरी खनाल पहिलो प्रत्यक्ष निर्वाचित अध्यक्ष बन्नुभएको थियो ।
महाधिवेशनमा माधव अध्यक्ष दोहोरिने योजनाका साथ खेलो फडको गरिरहनु भएको बेला उहाँपछिको बरियतामा रहनुभएका सम्मानित नेता झलनाथ खनालले चुनौती दिनुभएको छ । खनालले महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेर माधवलाई चुनौती दिनुभएको हो ।
एउटै टिममा रहेर माधव नेपालको दिनुभएको धोकाका कारण अध्यक्षमा पराजीत हुनुभएका ओली नवौं महाधिवेशनमा माधवलाई नै पराजीत गरी अध्यक्ष हुनुभएपछि दुवै नेता एमालेबाट बाहिरिएर नेकपा एकीकृत समाजवादी गठन गर्नुभएको थियो ।
सो दल गठन भएपछि असार १६ बाट पहिलो महाधिवेशन हुन लागेको हो । यद्यपी नेकपा एसले एमालेकै निरन्तरता देखाउन दशौं महाधिवेशनको नाम दिएको छ ।
प्रतिक्रिया दिनुहोस्