काठमाडौं, २६ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमाथि प्रश्न गर्नुभएको छ । आज बिहान सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले दूरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित काम नभएको बताउनुभयो ।
उहाँले लेख्नुभएको छ,‘लामो घनिष्ठ सम्बन्ध, ब्यापारको झण्डै दुईतिहाई हिस्सा, आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध भएको देशको राजदुत, त्यो देशमा नवनिर्वाचित सरकारको सपथग्रहणमा प्रधानमन्त्री जाने दिनमा फिर्ता बोलाउनुलाई संयोग मान्ने कि नियत ? दुरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित कार्य हैनन् ।’
सरकारले भारत र अमेरिकालगायत ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्