जनता टाइम्स

२६ जेष्ठ २०८१, शनिबार १९:२५

किशोरीलाई जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ


पाल्पा, जेठ २६ । सोह्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको रामपुरमा एक जना पक्राउ परेका छन ।

रामपुर नगरपालिका ५ पारी बेझाड बस्ने २५ वर्षीय विक्की दमाईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । दमाईले ती किशोरीलाई ललाई फकाई जेठ ३ गते आफ्नै घरमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सो घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।