जनता टाइम्स

१६ आश्विन २०७६, बिहीबार १०:३३

महरा प्रकरण – रोशनी शाहीले गरिन् श्रीमानसँग डिभोर्स (सहमति पत्रसहित)


 

काठमाडौं, असोज १६ ।   बलात्कारको आरोप लगाउने रोशनी शाहीले श्रीमानसँग सम्बन्ध विच्छेदको प्रकृया अगाडि बढाएकी छन् । सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएर पछि आफैले खण्डन गरेकी शाहीले आफ्ना श्रीमान चित्रजंग शाहीसँग डिभोर्स प्रकृया अगाडी बढाएकी हुन् ।आजैका मितिदेखि दुईजनाबीच छुट्टाछुट्टै बस्ने सहमति भएको रोशनीका श्रीमान चित्रजंग शाहीले बताए । यो घटनासँगै महरा प्रकरण नयाँ मोडमा पुगेको छ । रोशनीले डिभोर्सका लागि श्रीमानसँग कानुनी प्रकृया अगाडि बढाउने जनाएकी छन् ।