जनता टाइम्स

२९ जेष्ठ २०८१, मंगलवार ०९:२९

बस र पिक अप ठोकिँदा एकको मृत्यु, ८ जना घाइते


कपिलवस्तु, २९ जेठ । कपिलवस्तुको बुद्ध भूमि नगरपालिका ४ झडुलामाईमा यात्रु बाहक बस र पिक अप ठोकिँदा एक जनाको मृत्यु भएको छ । आज बिहान ५ः३० बजे काठमाडौंबाट सुर्खेत जाँदै गरेको क.प्र. ०२–००१ ख ०५२५ नम्बरको बस र लु१च ९२८४ नम्बरको पिक अप एक आपसमा ठोकिँएका थिए ।

घटनामा परी पिक अप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटना स्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीले बताउनुभयो । ठक्करपछि पिकअपमा च्यापिएका बढईको २ घण्टापछि उद्धार गरिएको थियो । घाइतेलाई उपचारको लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।