जनता टाइम्स

२९ जेष्ठ २०८१, मंगलवार १०:०७

प्रतिनिधिसभाको बैठक बस्दै, मन्त्रालयगत छलफल हुने


काठमाडौं, २९ जेठ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफल शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ । आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको विभिन्न शिर्षकमाथि छलफल हुने तालिका रहेको छ । त्यस्तै आज विनियोजन विधेयक अन्तर्गत विभिन्न सांसदहरुले राखेका पाँच खर्च घाउने प्रस्ताव समेत पेश हुने तालिका रहेको छ ।

जुन यस प्रकार छन्ः

१. सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

२. सांसद डा. अमरेश कुमार सिंहले ‘विनियोजन विधेयक, २०८१ अन्र्तगत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

३. सांसद पुष्पबहादुर शाहले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

४. सांसद बद्रीप्रसाद पाण्डेले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

५. सांसद रमा कोइराला पौड्यालले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

६. सांसद संजय कुमार गौतमले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत कृषि तथा पशुपंक्षी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको छ ।