जनता टाइम्स

१६ आश्विन २०७६, बिहीबार ११:०८

महरा प्रकरण : शाही दम्पत्तिले गरे सम्बन्ध विच्छेद


काठमाडौं, असोज १६
तत्कालिन सभामुख कृष्णबहादुर महरासँग सम्वन्ध जोडिएपछि चर्चामा रहेकी रोशनी शाही र उनका श्रीमान्बीच सम्वन्ध विच्छेद हुने भएको छ ।
महराले बलात्कार गरेको भनेर शुरुमा आरोप लगाएकी रोशनीले पछि उहा आफ्नो पितासमान रहेको भन्दै अर्को भिडियो बाहिरिएको थियो । २८ वर्षअघि वैवाहिक सम्वन्ध जोडेका शाही र चित्र जंग शाहीले आधिकारीक रुपमा सम्बन्ध विच्देछ गर्ने निर्णयमा पुगेका हुन् ।
उनिहरुले समाजिक सञ्जालमा एक पत्र हाल्दै जिवनमा आएको उतारचढावका कारण अलग अलग भए बस्न बाध्य भएको उल्लेख गरेका छन् । ‘प्रियजनहरु थुप्रै उतारचढावका बीच हाम्रा साथ साथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति असन्तुष्टि आउदा रहेछन्, तथापी खुशी साथ अलग अलग बस्ने निर्णय गरेका छौं । कानुनी प्रक्रियाको निरन्तरताका साथ’, चित्रजंगले सो पत्र फेसबुकमा हालको छन् ।