जनकपुरधाम, ३० जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित हुनुभएको छ । महाधिवेशनअन्तर्गत आज भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेपछि उहाँ निर्बिरोध अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
अध्यक्ष पदमा उपेन्द्र यादव जीको एकल उम्मेदवारी परेको र औपचारिक घोषणा हुन बाँकी रहेको छ । यादवको नेतृत्वमा १८ वर्षअगाडि मधेशी जनअधिकार फोरम नेपाल गठन भएको थियो । त्यति बेलादेखि नै उहाँ निरन्तर अध्यक्ष रहनुभएको छ । अध्यक्षबाहेकका पदमा भने निर्वाचन हुने बताइएको छ ।














प्रतिक्रिया दिनुहोस्