काभ्रे, असोज १६
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यक्तिले गर्ने गल्तीको दोष पार्टीले बोक्न नसक्ने बताउनु भएको छ । उहाले व्यक्तिले आफ्नो व्यक्तिगत हैसियतका आधारमा गरेको गल्तीलाई पाटीले बोक्न नसक्ने र पार्टीसँग ल्याएर जोड्न नहुने बताउनु भएको हो ।
निवर्तमान सभामुख कृष्णबहादुर महराको विषयमा उहाले यस्तो प्रतिक्रिया दिनुभएको हो । यद्यपी सो प्रसंग भने उहाले कहि कतै पनि उल्लेख भने गर्नुभयो । नेकपा बनेपा नगर कमिटीले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै संघीय सरकारका प्रवक्ता रहेका मन्त्री बाँस्कोटाले गल्ती गर्नेले नै कारबाही बोहोर्नुपर्ने तर्क गर्नुभयो ।
‘व्यक्तिले कहाँ भ्रष्टाचार गर्छ, त्यो पनि पार्टीले गर्यो त ?, त्यही व्यक्तिलाई कारबाही हुनुपर्छ,’ व्यक्तिको नाम नलिइकन उहाले भन्नुभयो, ‘कहिलेकाहीं गएर नचाहिएको काम गर्ला, हुलहुज्जत गर्ला, इज्जत खेलवाड गर्ला, त्यो उही जिम्मेवार हो नि, हामीलाई के मतलव ?’ कम्युनिष्ट पार्टी चरित्र र सम्मानसहितको पार्टी भएको भन्दै उनले चिन्तित र तरगिंत नहुन कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्