जनता टाइम्स

३२ जेष्ठ २०८१, शुक्रबार १६:२५

यसकारण सोमबार सार्वजनिक बिदा


काठमाडौं, ३२ जेठ । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल– अजहा) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै असार ३ गते आज सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । बक्र ईदमा हरेक वर्ष सरकारले सार्वजनिक बिदा दिइँदै आएको छ ।