जनता टाइम्स

२ असार २०८१, आइतबार १०:०५

पौडी खेल्न गएका दुई युवा भेरी नदीमा बेपत्ता


सुर्खेत, असार २ । भेरी नदीमा पौडी खेल्नेक्रममा दुई युवा बेपत्ता भएका छन्। शनिबार सुर्खेतको वीरेन्द्रनगर–२ चोक्टे नजिकबाट पौडी खेल्न नदीमा पसेका दुई जना बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र वीर विश्वकर्माका अनुसार वीरेन्द्रनगर–२ का १९ वर्षीय विनोद केसी र १७ वर्षीय भुवन केसी बेपत्ता भएका हुन्।

शनिबार दिउँसो पौने ४ बजेबाट उनीहरू बेपत्ता भएको डिएसपी विश्वकर्माले जानकारी दिनुभयो। उनीहरूको खोजी गर्न गोताखोर परिचालन गर्ने प्रहरीले बताएको छ ।