जनता टाइम्स

४ असार २०८१, मंगलवार १८:२७

भारतीय समकक्षी पियुष गोयललाई उद्योगमन्त्री भण्डारीको बधाई


काठमाडौं, ४ असार । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भारतीय समकक्षी पियुष गोयललाई बधाइ दिँदै मिलेर काम गर्ने चाहना व्यक्त गर्नुभएको छ । भारतीय जनता पार्टीका नेता पियुष गोयल हालै भारतको केन्द्रीय सरकारको वाणिज्य तथा उद्योगमन्त्री नियुक्त हुनुभएको हो । भण्डारीले गोयललाई बधाइ दिँदै नेपाल र भारतबीच उद्योग वाणिज्यका क्षेत्रमा मिलेर काम गर्ने अपेक्षा समेत व्यक्त गर्नुभएको छ ।

दुई देशबीचको घनिष्ठ सम्बन्धलाई अझ बलियो बनाउँदै यो क्षेत्रमा मिलेर काम गर्ने चाहना व्यक्त गर्नुभएके छ । यस्तै मन्त्री भण्डारीले प्राकृतिक ग्यासमन्त्री हरदीप एस पुरीलाई पनि बधाई तथा शुभकामना दिनुभएको छ ।

पुरीलाई पठाइएको बधाई सन्देशमा भण्डारीले व्यापार र लगानीमा विद्यमान पारस्परिक लाभकारी सहयोग तथा साझेदारी दुई छिमेकी मुलुकको आर्थिक विकास र समृद्धिलाई अगाडि बढाउनका लागि महत्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभएको छ । भण्डारीको बधाई सन्देशमा भनिएको छ, ‘हाम्रो निरन्तर विस्तार भइरहेको द्विपक्षीय व्यापार र लगानी सम्बन्धलाई थप गति दिन तत्पर छु ।’