सप्तरी, असार ६ । अनेरास्ववियुको सप्तरी अध्यक्षमा रञ्जितकुमार साह सर्वसम्मत चयन हुनुभएको छ ।
आज सम्पन्न १५ औँ जिल्ला अधिवेशनबाट साहको नेतृत्वका सर्वसम्मत कार्यसमिति चयन भएको हो । अधिवेशनले उपाध्यक्षमा आशुतोष यादव र राजकुमार साह र सपनाकुमारी चौधरी निर्वाचित हुनुभएको छ । यस्तै सचिवमा शिवराम मण्डललाई चुनेको छ ।
अधिवेशनबाट सहसचिवमा नितिश कुमार मण्डल, सागर यादव र कृष्णकुमारी पण्डित चुनिनु भएको छ । त्यस्तै कोषाध्यक्षमा प्रियङ्का चौधरी सर्वसम्मत हुनुभएको छ । अधिवेशनबाट ३५ सदस्सीय कमिटी निर्वाचित भएको अनेरास्ववियुका केन्द्रीय सचिव सुजन कडरियाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्