जनता टाइम्स

१७ आश्विन २०७६, शुक्रबार ११:२९

पानीजहाज कुदाउने बाटो खुल्यो, यी जलमार्ग प्रयोग गर्न दिन भारत सहमत


काठमाडौं, असोज १७

भारतले नेपाललाई तीन वटा जलमार्ग प्रयोग गर्न दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पानीजहाज कुदाउने घोषणा गरेसँगै यो पक्रिया पहिलादेखी अगाडी बढाइएको थियो । नेपालको प्रस्ताव अनुसार भारतले त्यसमा सैद्धान्तिक सहमति जनाएको छ ।

कोलकत्ता– कालुघाट, रक्सौल, कोलकत्ता– साहेबगञ्ज, विराटनगर, र कोलकत्ता वाराणसी, रक्सौल जलमार्ग प्रयोग गर्न दिने विषयमा भारतीय पक्षले सहमत भएको हो । ति जलमार्गमा नेपालले आफ्नै पानीजहाजको प्रयोग गर्न सक्ने विषयमा सहमति भएको वाणिज्य तथा आपुर्ती मन्त्रालयले जनाएको छ ।

नयाँ दिल्लीमा भएको वार्ताका क्रममा दुई मुलुकका अधिकारीहरुबीच तेश्रो चरणको वार्ता मार्फत द्धिपक्षिय ब्यापार सन्धीको पुनरावलोकन भएको थियो । सह सचिव स्तरिय सो भेटवार्तामा नेपालका तर्फबाट वाणिज्य तथा आपुर्ती मन्त्रालयका सह सचिव नवराज ढकाल र भारतीय वणिज्य तथा आपुर्ती मन्त्रालयका सह–सचिव भुपिन्द्र सिंह भल्लाले नेतृत्व गर्नुभएको थियो ।

द्धिपक्षिय ब्यापार वार्तामा सहमती पत्रको खाका एक अर्कालाई आदान प्रदान गरिएको ढकालले जानकारी दिनुभयो । गत वर्ष प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा दुई मुलुकबीच जलमार्गको सम्पर्क स्थापित गर्ने सहमती भएको थियो । कोलकत्ताको हल्दियाबाट वारणसीसम्म भारत सरकारले जलमार्ग निर्माण गरिरहेको छ । तेश्रो मुलुकबाट नेपाल आयात हुने तथा निर्यात हुने वस्तु ओसार पसारका लागि जलमार्ग प्रयोगले सहज बनाउने छ ।