जनता टाइम्स

८ असार २०८१, शनिबार २२:५१

खेलकुद महासंघ उपत्यका विशेष प्रदेश अध्यक्षमा सूर्य बुढाथोकी निर्वाचित


काठमाडौं, असार ८ । नेपाल खेलकुद महासंघ उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा सूर्य बुढाथोकी सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न दोस्रो अधिवेशनले बुढाथोकी अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।

अधिवेशनले उपाध्यक्षमा यदुकुमार राना मगर र राजेश गजुरेललाई चयन निर्वाचित गरेको छ । यसैगरी सचिवमा विसोस श्रेष्ठ, उपसचिवमा कृष्ण थापा, बिराज राना र कोषाध्यक्षमा विशाल श्रेष्ठ चुनिनु भएको छ ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा एमाले स्थायी कमिटी सदस्य एवं पार्टी जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, स्थायी कमिटी सदस्य एवं महासंघ इन्चार्ज कर्णबहादुर थापा, महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, महासचिव धरमबहादुर लामा, सचिव एवं उपत्यका विशेष प्रदेश इन्चार्ज तीर्थबहादुर खड्का, कोषाध्यक्ष उज्वल सुवेदीलगायतको नेताहरुले आफ्नो मन्तब्य राख्नुभएको थियो ।