काठमाडौं, १० असार । गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई फर्काउन नेपाल र मलेसिया कानुनी परामर्शमा रहेको बताउनुभएको छ । गृहमन्त्री लामिछानेले प्रतिनिधि सभाको बैठकमा जीबी राई पक्राउ गर्न सरकार प्रयत्नशिल रहेको बताउँदै जीबी राईलाई नेपाल ल्याउन कानुनी कठिनाइ भैरहेको बताउनुभएको छ ।
उहाँले जीबी राई पक्राउको विषयमा आफुपनि व्यग्रप्रतिक्षामा रहेको बताउँदै छिटै उहाँलाई नेपाल ल्याइने बताउनुभएको हो । उहाँले अदालत र राहदानी विभागले जीबी राईको राहदानी रोक्का गर्न अस्वीकार गरेको संसदमा बताउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्