काठमाडौं, असार ११ । एकै परिवारका तीन खेलाडीले राष्ट्रिय जुडो प्रतियोगिताको १९ औं संस्करणमा स्वर्ण जित्न जितेका छन् । दाजु इन्द्रबहादुर श्रेष्ठ तथा बहिनी देवकीमाया र निशाले आ–आफ्नो तौल समूहमा स्वर्ण जितेका हुन् ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको प्रतियोगिताको ६६ केजीमुनि इन्द्र, ५२ केजीमुनि देवकी र ४८ केजीमुनि निशाले स्वर्ण जितेका थिए । इन्द्र पुलिस क्लब तथा देवकी र निशाले वाग्मती प्रदेशबाट खेलेका थिए ।
तीनै खेलाडी बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् । तीनै खेलाडीका प्रशिक्षक सूर्यनारायण श्रेष्ठ हुनुहुन्छ । इन्द्र र देवकीले १९ औं एसियाली खेलकुदमा सहभागिता जनाएका थिए ।
नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगितामा प्रहरी ८ स्वर्ण, २ रजत र २ कांस्य जित्दै टिम च्याम्पियन भयो । वाग्मती ३ स्वर्ण, २ रजत र ३ कांस्यसाथ दोस्रो भयो । तेस्रो स्थानमा रहेको आर्मीले २ स्वर्ण, ४ रजत र ५ कांस्य जित्यो ।
१४ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा एपीएफ क्लबले बाँकी १ स्वर्ण जित्यो । चौथो भएको एपीएफले १ रजत र ४ कांस्य पायो । प्रतियोगितामा सात प्रदेश र ३ विगभाीय गरी १० टिम सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्