जनता टाइम्स

१३ असार २०८१, बिहीबार १७:२७

नेकपा एसले वरिष्ठ उपाध्यक्ष राख्ने, केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने


काठमाडौं, १३ असार । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी २९९ सदस्य बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले १५१ बाट थप गरेर २९९ सदस्यीय बनाउने निर्णय गरेको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताउनुभयो । यस्तै बैठकले वरिष्ठ उपाध्यक्ष पनि राख्ने निर्णय गरेको छ ।