जनता टाइम्स

१५ असार २०८१, शनिबार ११:५७

शीतल निवासमै धान रोपाइँ


काठमाडौं, १५ असार । धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, श्रीमति सविता पौडेललगायत सहभागी हुनुभएको हो ।

रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषि पेशा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको राष्ट्रपति सचिवालयले जनाएको छ ।