जनता टाइम्स

१६ असार २०८१, आईतवार २१:२७

आयल निगमले बढायो पेट्रोल-डिजेल र मट्टितेलको मूल्य (सूचीसहित)


काठमाडौं, असार १६ । नेपाल आयल निगमले आज रातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

इण्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्न नयाँ मूल्यमा वृद्धि भएपछि आयल निगमले पेट्रोलमा प्रतिलिटर २ तथा डिजे र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको आयल निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यससँगै नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६४.५०, दोस्रोमा १६६ र तेस्रो वर्गमा १६७ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा पहिलो वर्गमा १५४.५०, दोस्रोमा १५६ र तेस्रोमा १५७ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

तेस्रो वर्गमा राजधानी काठमाडौंलगायत पोखरा, दिपायल पर्दछन। वृद्धि भएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निमगले जनाएको छ ।