काठमाडौं, १७ असार । नेपाली कांग्रेसले सरकारमा जानको लागि नयाँ समीकरण नबनाउने बताउनुभएको छ । कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले विभिन्न दलहरुसँग राष्ट्रिय मुद्धाका विषयमा छलफल भइरहेको भएपनि सरकारमा जानको लागि मात्र नयाँ समीकरण नबनाउने जानकारी दिनुभएको छ ।
उहाँले नयाँ समीकरण बन्ने विषय परिपक्क नभएको बताउँदै अहिले यस विषयमा छलफल नभएको बताउनुभयो । उहाँले दिर्घकालिन रुपमा सरकार चल्ने, अस्थीरताको अन्त्य हुने, देशलाई समृद्धितर्फ उन्मुख हुने परिस्थितिमा मात्र कांग्रेसले नयाँ समीकरण बनाउन बिचार गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्