जनता टाइम्स

१९ आश्विन २०७६, आईतवार १०:४२

वरिष्ठ पत्रकार आचार्यको ६१ वर्षको उमेरमा निधन


काठमाडौं, असोज १९

वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको कलेजोमा देखिएको खराबीका कारण आज ६१ वर्षको उमेरमा निधन भएको छ ।

दुई दशकसम्म नेपाल टेलिभिजनको समाचार प्रमुख भई नायब महाप्रबन्धकबाट अवकाशप्राप्त उहाँ हाल न्यूज–२४ को समाचार प्रमुख हुनुहुन्थ्यो ।

उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन हुनुभएका आचार्यको केहीबेरपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाल टेलिभिजनका प्रमुख समाचारदाता राजु सिलवालले जानकारी दिनुभयो ।

पत्रकारिता अध्यापन, पुस्तक लेखनमा समेत क्रियाशील आचार्यको ‘चिन्तन मनन’ टेलिभिजन कार्यक्रम लोकप्रिय थियो । उहाँका श्रीमती, एक छोरी हुनुहुन्छ ।