जनता टाइम्स

२१ असार २०८१, शुक्रबार १८:०३

वडाध्यक्ष पनि जित्न नसक्ने एकीकृत समाजवादीमा पदाधिकारी छन : प्रेम आले


काठमाडौँ, २१ असार । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफु पार्टीमा नरहको बताउनुभएको छ ।

महाधिवेशनमा समेत उपस्थित नरहनुभएका आलेले आफू पार्टीमा सक्रिय नरहेको जानकरी दिनुभयो । असार १६ गतेदेखि शुरु भएको महाधिवेशन बहिष्कार गरेको बताउदै आलेले अब त्यो पार्टीमा आफु नरहने जनाउनुभयो ।

उहाँले भन्नुभयो – ‘मैले संसदीय दलको बैठकमा अध्यक्ष माधव कुमार नेपालकै अगाडी म तपाइको पार्टीमा रहदिन भनेको थिए । त्यो पार्टीमा रहन्न, निर्वाचित जनप्रतिनिधि भएकाले जनताको काम गरेर बस्छु । अन्य पार्टीमा जाने बारे अहिले सोचेको छैन ।’

आलेले एकीकृत समाजवादीमा वडाको निर्वाचन पनि जित्न नसक्ने नेताहरु पदाधिकारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘म त तीन पटक लगातार निर्वाचित सांसद हुँ ।’

नेकपा एकीकृत समाजवादीले आज सार्बजनिक गरेको ९३ जना केन्द्रीय समितिको सूचीमा आलेको नाम समावेश गरिएको छैन ।