जनता टाइम्स

२३ असार २०८१, आइतबार २०:३२

कांग्रेस केन्द्रीय कार्यालयमै कुटिए नेविसंघ केन्द्रीय सदस्य नेपाल


काठमाडौं, असार २३ । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निराजन नेपालमाथि सानेपामा कुटपिट भएको छ।

स्ववियू परिषद नेपालका अध्यक्षसमेत रहनुभएका नेपालमाथि आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कुटपिट भएको हो। नेपालमाथि सन्जय बुढाथोकी नेतृत्वको समूहले कुटपिट गरेको आरोप छ।

उहाँमाथि के कारणले कुटपिट भएको हो भन्ने विस्तृत खुलेको छैन। कुटपिटबाट केन्द्रीय सदस्य नेपालको नाकमा चोट लागेको छ। घाइते भएका नेपाललाई स्टार अस्पतालमा उपचार गरिएको छ।