काठमाडौं, २६ असार । शिक्षामन्त्री सुमना श्रेष्ठले आफु नेपाली नागरिक नै रहेको बताउनुभएको छ । मन्त्री श्रेष्ठले राष्ट्रिय सतर्कता केन्द्रले नागरिकताको विषयमा पत्र पठाएको जानकारी दिँदै आफुले कुनै देशको पीआर वा नागरिकता नलिएको बताउनुभएको छ । उहाँले आफुले राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकोले सो अनुसार जवाफ दिएको बताउनुभयो ।
उहाँले आरोप आफैमा अस्पष्ट रहेको बताउँदै कुन देशको पी आर वा नागरिकता भनेर पनि खुलाइएको छैन र आरोप पूर्णतः निराधार रहेको र आफुले छानबिनमा पूरा सहयोग गर्ने बताउनुभएको छ । उहाँले आरोप के प्रमाणको आधारमा लगाइयो, लगाउनेको नियत र कस्तो बेला ल्याइयो, प्रश्न गर्न आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्