जनता टाइम्स

२६ असार २०८१, बुधबार १५:५७

रास्वपालाई रवि लामिछाने क्लबले हाइज्याक गरेको छ, सहकारी प्रकरण र पासपोर्टको छानबिन गर्नुपर्छ : मुकुल ढकाल


काठमाडौं, २६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालले सरकारमा गएर रबि लामिछानेले काम गर्न नसकेको आरोप लगाउनुभएको छ । आज पत्रकार सम्मेलन गर्दै डा. ढकालले सरकारमा गएर काम गर्न नसकेको विषय उठाएपछि विवाद भएको बताउनुभएको हो । आफुले पार्टी सभापतिको बारेमा प्रश्न उठेपछि आफुले जनतासँग कुरा गरेको बताउँदै ढकालले पार्टीलाई क्लबको जस्तो गरि चलाएको आरोप लगाउनुभयो ।

उहाँले पार्टीलाई रवि लामिछानेको क्लबको रुपमा हाइज्याक गरेर चलाइएको आरोप समेत लगाउनुभयो । उहाँले रवि लामिछानेको क्लबबाट मुक्त गराउने बताउनुभयो । ढकालले आफुलाई प्रचलित कानुन विपरित कारवाही गरिएको बताउदै राजनीतिक दलसम्बन्धि ऐन अनुसार स्पष्टीकरणको म्याद नै नसकिएको समयमा आफुलाई निलम्बनको पत्र थमाइएको जिकिर गर्नुभयो । उहाँले स्पष्टीकरणको मौका नदिएर कारवाही गर्न पाइदैन भन्दै निलम्बनको प्रक्रिया नमिलेको र आफु अहिलेपनि पार्टीको महामन्त्री रहेको जिकिर गर्नुभयो । आफुलाई उपसभापतिले निलम्बनको पत्र दिएको भन्दै त्यो नियम सम्मत नरहेको बताउनुभयो ।