जनता टाइम्स

२६ असार २०८१, बुधबार १७:४५

मुकल ढकालले गरे रास्वपा उपाध्यक्ष डीपी अर्यालको बदमासीको भण्डाफोर, यस्तो छ रकम हिनामिनाको कथा


काठमाडौं, असार २६ । रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालले उपाध्यक्ष डीपी अर्यालले पार्टीलाई आएको आर्थिक सहयोग आफ्नो खल्तीमा हाल्ने गरेको खुलासा गर्नुभएको छ ।

पार्टीले निलम्बन गरेपछि आज पत्रकार सम्मेलन गर्दै अर्यालले पार्टीभित्र आर्थिक अनियमितताका कतिपय कुराहरूमा आफू अप्ठेरो पर्ला भनेर नबोलेको जानकारी दिनुभयो ।

‘आर्थिक पाटोको सवालमा डीपी अर्याल सरले केसम्म गर्नुभएको छ भने केही साथीहरूले दिएको पैसालाई पार्टीमा जम्मा नगरी आफ्नो खल्तीमा राख्ने कामसम्म गर्नुभएको छ,’ ‘यो कुरा दुई हप्तामात्र अघि पनि भएको छ । ऋण तिर्नुछ भन्नुभयो, पहिलो कुरा ऋण लिन नै पाइँदैन ।’

ढकालले रवि लामिछानेको क्लवबाट मुक्त गर्दै पार्टी बनाउन सहयोग गर्न आग्रह गर्नुभयो ।