जनता टाइम्स

२७ असार २०८१, बिहीबार १३:४२

प्रधानमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप


काठमाडौं, २७ असार । नेपाली कांग्रेसले प्रधानमन्त्रीले शुक्रबार लिने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

प्रमुख सचेतक रमेश लेखकले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संबिधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिन लागेकाले सो प्रस्तावको विपक्षमा मतदान अग्रण ह्वीप जारी गर्नुभएको हो ।