जनता टाइम्स

२७ असार २०८१, बिहीबार १८:५१

राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने


काठमाडौं, २७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

राप्रपाले कांग्रेस–एमालेको नयाँ गठबन्धनमा सहभागी हुने बारेमा भने पछि निर्णय गर्ने भएको छ । राप्रपाले नयाँ सरकारले उठाउने एजेण्डालाई हेरेर निर्णय गर्ने बताएको छ । प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । प्रतिनिधि सभामा राप्रपाका १४ सांसद रहेका छन् ।