जनता टाइम्स

२८ असार २०८१, शुक्रबार ११:२६

प्रचण्डले आजै बालुवाटार छोड्ने


काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोड्ने हुनुभएको छ । आज प्रतिनिधि सभाको बैठकपछि उनले बालुवाटार छोड्ने तयारी गरेको उहाँको सचिवालयले जानकरी गराएको छ । प्रचण्ड आफ्नो खुमलटारस्थित निवासमा जाँदै हुनुहुन्छ ।

सरकार अल्पमतमा परेदेखि नै खुमलटारस्थित निवासको सरसफाई गरिएको थियो । सरकार अल्पमतमा रहेकाले प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना रहेको छैन । प्रचण्डले आफ्नो कार्यकालमा भएका काम र आगामी कार्ययोजनाबारे जानकारी गराउन पार्टी कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गर्न लागेको माओवादी केन्द्रले जनाएको छ ।