रौतहट, २८ असार । रौतहट जिल्लाको पूर्विभेग गढिमाई नगरपालिकाको ६ सिंगारमन धर्मपुरमा जन्ति बोकेको भारतीय नम्बरको स्कार्पियो नहरमा खसेर दुई जना जन्तीको मृत्यु भएको छ भने अन्य कैयौं जन्ती घाईते भएका छन् । मृत्यु हुनेमा काठमाडौं घर भएका ५५ बर्षीय कुल बहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा गाउँपालिका–३ सुन्दरपुर बस्ने रबिन्द्र पंडितको छोरी बर्ष ७ की स्वेता पंडित रहेको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताउनुभयो ।
घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीका अनुसार गढीमाई–६ सिङगारमनस्थित भित्रि सडक खण्ड धर्मपुर नहरमा धनहारी गाँउबाट सर्लाहीतर्फ जन्ती बोकी जाँदै गरेको एचआर ७ डी ८३८२ नम्बरको स्कार्पियो गाडी आज बिहान ९ बजे अनियन्त्रित भई नहरमा पल्टिएको थियो ।
उक्त गाडीमा जम्मा १२ जना सवारमध्ये ५ जना सकुशल रहेको, ३ जना नाम थर वतन नखुलेको स्थानिय अस्पताल तर्फ उपचार गर्न पठाईएको प्रहरीले जनाएको छ । चालक भने फरार भएका छन । चक्रघट्टाकै बर्ष २५ को अमलेश ठाकुर दाहिने खुट्टा, छाती, घाँटीमा चोट अवस्था प्रादेशिक अस्पताल गौरमा उपचार भईरहेको छ । गाडी चालकको नाम ठेगाना नखुलेका तथा उनी सम्पर्क बिहिन भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्