काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र एमालेको मिलन अध्यारो कोठामा भएको बताउनुभएको छ । प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रचण्डले कांग्रेस(एमालेको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिइएको बताउदै अध्यारो कोठामा गरिएको सहमतिले नै यो कस्तो सहमति हो भन्ने स्पष्ट भएको बताउनुभएको छ ।
उहाँले साँच्चैको राष्ट्रिय सहमति गर्न अँध्यारो कोठा नचाहिने बताउदै आफुले सुशासनका काम गर्न थालेपछि दुई ठुला दल मिलेको दाबि गर्नुभयो ।
उहाँले भन्नुभयो,‘पहिलो र दोस्रो दल मिल्न अँध्यारो कोठा चाहिन्छ ? कसको घरमा गएर सहमति गर्नुभएको छ ? तपाईंहरु राष्ट्रिय सहमतिका लागि र राष्ट्रिय आवश्यकताका लागि मिल्नुभएको होइन । कसैले तपाईंहरुलाई मिलाइदिएको छ ।’ उहाँले पहिलो र दोस्रो दल मिलेर दुनियाँमा लोकतन्त्र कमजोर मात्र बनाएको र निरंकुशतालाई नै प्रवर्धन गरेको दाबि गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्