काठमाडौं, असार २८ । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले माओवादीलाई छाडेर संसदको पहिलो र दोस्रो दल कांग्रेस र एमाले मिल्नु नै मिल्नु नै प्रतिगमन भएको अनौठो जिकिर गर्नुभएको छ । प्रधानमन्त्री दाहालले संसदमा प्रतिनिधित्व गर्ने पहिलो र दोस्रो दल मिल्दा लोकतन्त्र कमजोर र निरंकुशता बढ्ने भन्दै दुई दलको सहकार्य प्रतिगमन नै भएको जिकिर जिकिर गर्नुभएको हो ।
अल्पमतमा परेर सत्ता त्याग्नुअघि प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव राख्ने क्रममा प्रधानमन्त्री दाहालले यस्तो जिकिरगर्नुभयो । संसदमा सम्बोधनको क्रममा अन्य मुलुकहरूमा यस्तो नहुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अहिले कांग्रेस र एमालेले गरेको सहमति अनौठो भएको उल्लेख गर्नुभयो ।
‘पहिलो र दोस्रो मिल्दा लोकतन्त्र कमजोर र निरंकुशता प्रबर्धन हुन्छ । यहाँ त सरकार मात्र बनाउने होइन संविधानमाथि छेडछाड समेत गर्न खोज्दै हुनुहुन्छ । तपाईंहरूको यात्रा प्रतिगमततर्फ हो । हस्ताक्षर कसका घरमा गर्नुभयो ? सहमति कुन समयमा गर्नुभयो ? त्यसको हिसाब नेपाली जनताले राखेका छन,’ प्रधानमन्त्रीले भन्नुभयो ।
उहाँले कांग्रेस एमाले आफैं नमिलेको दाबी पनि गर्नुभयो । कांग्रेस–एमाले आफैं मिलेका होइनन । तपाईंहरूलाई कसैले मिलाएको हो । अहिले राष्ट्रिय सहमतिको बर्को ओड्नुभएको छ । राष्ट्रिय सहमति लुकेर हुँदैन,’ प्रधामन्त्री दाहालले भन्नुभयो । कांग्रेस र एमाले सुशासनको डरले गर्दा मिलेको दाबी पनि उहाँले गर्नुभयो । पहिलो र दोस्रो ठूलो दललाई आदर्शले जोडेको भए ठीकै हुन्थ्यो तर डरले जोड्यो । सुशासनकोको डरले तपाईंहरूलाई जोडेको हो,’ प्रधानमन्त्रीले भन्नुभयो ।
प्रधानमन्त्री दाहालले आम जनताले देखिने र बुझिने गरी आफू नेतृत्वको सरकार राम्रो अंकका साथ उत्तीर्ण भएको दाबी पनि पेश गर्नुभयो । पहिलोपटक संसदमा विश्वासको मत लिँदा आफूले उपलब्धिका डाटा र रिपोर्ट कार्डका साथ उपस्थित हुने प्रतिबद्धता गरेको भन्दै उहाँले अहिले सरकार ‘राम्रो नम्बर ल्याएर पास’ भएको दाबी गर्नुभयो । संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, सुशासन प्रवद्र्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण हुँदै गएको उहाँले जिकिर गर्नुभयो ।
उहाँले नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रण, राष्ट्रिय हितको रक्षालगायतका सबै जिम्मेवारीमा सरकारले राम्रो काम गरेको बताउनु भयो । सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रमा बनेका कैयौं मानकहरू त्यही अग्रसरताका परिणाम भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्ध व्यवस्थित गर्न राष्ट्रिय समन्वय परिषद, प्रशासनिक समन्वय परिषद तथा विषयगत समितिहरूलाई सक्रिय बनाइएको बताउनु भयो ।
उहाँले देश आर्थिक सङ्कटबाट धेरै बाहिर आएको दाबी पनि गर्नुभयो । ‘हाम्रा सबैजसो आर्थिक सूचकहरू सकारात्मक हुँदै गएका छन् । त्यसैले हाम्रो अर्थतन्त्रमा देखिएको शिथिलता पनि कायम रहने छैन,’ प्रधानमन्त्रीले थप्नुभयो, ‘बजेट निर्माण प्रक्रियालाई समावेशी, वैज्ञानिक र वस्तुपरक बनाउन मैले निकै प्रयास गरें । डेढ वर्षको अवधिमा प्राप्त यो आर्थिक उपलब्धि सानो होइन । म ढुक्कले भन्न सक्छु, देश अब आर्थिक संकटको डिलबाट धेरै बाहिर आइसकेको छ ।’
प्रतिक्रिया दिनुहोस्