संसदको अग्रभागमा माननीय केशी शर्मा ओली बस्नुभएको छ । उहाँ १२ बुँदे संझौताको एकजना मस्यौदाकार हो । उहाँको भूमिका निकै ठूलो छ । अर्का माननीय शेरबहादुर देउवा बस्नुभएको छ । उहाँलाई थुनामा राखिएको थियो । उहाँले त्यही थुनाबाटै हस्ताक्षर गर्नुभएको होइन र ?
काठमाडौं, असार २८ । नेकपा एमालेका सचिव योगेश भट्टराईदे योगेश भट्टराई देश र जनताको निरासालाई चिर्न नेकपा एमाले र नेपाली कांग्रेस कठोर अनि बाध्यात्मक निर्णयमा पुग्नुपरेको प्रष्ट पार्नुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सचिव भट्टराईले संसदको दुई ठूला दल मिल्नै पर्ने बाध्यता आइपरेकोले कठोर निर्णय लिनुपरेको प्रष्ट पार्नुभयो ।
‘सामान्यतया संसदका दुईटा प्रमुख दल मिलेर सरकार बनाउने कुरा हुन्न तर यो देश बचाउन र जनताको निरासा चिर्न दुई ठूला दललाई आइलागेको बाध्यता हो । देश र जनताका लागि यो बाध्यात्मक तर कठोर निर्णयमा पुग्नुपरेको हो । हामी कांग्रेस र एमालेले देशको ऐतिहासिक आवश्यकताले सहमति गर्यौं । जनतामा रहेको चरम निरासाबाट उत्साहमा पुर्याउन सहमति गर्यौं,’ सचिव भट्टराईले भन्नुभयो । उहाँले देशलाई सधै प्रयोग मात्रै गर्ने कुरा अव दुई दललाई स्वीकार्य नभएको निश्कर्षका रुपमा सहमति आएको पनि बताउनु भयो ।
‘देशलाई सधै प्रयोग मात्र गरिरहन दिनुहुन्न भन्ने निश्कर्षमा पुगेर एउटा दिर्घकालिन र महत्वपूर्ण दिशातिर देशलाई लैजाऔं भनेर सहमतिमा पुगेका हौं,’ संसदको रोष्टमबाट सचिव भट्टराईले भन्नुभयो, ‘दुई दलले सहमतिको आधार पत्र बनाए । यो सहमति एमाले र कांग्रेसको मात्रै सहमति होइन, सिंगो संसद र जनताको सहमतिमा रुपान्तरण गर्न चाहन्छौं ।’
उहाँले संसदमा प्रधानमन्त्रीको भनाई सुनेर आश्चर्य लागेको पनि बताउनु भयो । ‘प्रधानमन्त्रीको भाषण सुनिरहँदा सायद यो रोष्टममा प्रधानमन्त्रीको हैसियतले भाषण गर्ने दिन फर्किन्न कि भन्ने निश्कर्षका साथ भाषण गर्नुभयो । अव प्रधानमन्त्री कहिल्यै हुन्न भन्ने निश्कर्षका साथ माया मारेर रोष्टमबाट भाषण गरिरहनु भएको महसुस गराउनु भयो । उहाँ एउटा दलको अध्यक्ष पनि हुनुहुन्छ । यसरी भाषण गर्दा त्यो ख्याल गर्नुपर्थ्यो । आज बोलेको कुरा जीवनको अन्तिम क्षणसम्म पनि दिनुपर्छ भन्ने ख्याल नगरी बोल्नुभयो जस्तो लाग्यो,’ भट्टराईले भन्नुभयो ।
उहाँले देशले अग्रगमन खोजेकोले संबिधान संशोधन जरुरी भएको र दुई दलले त्यही सहमति गरेको भन्दै अनावश्यक रोइलो नगर्न सुझाव दिनुभयो ।
प्रधानमन्त्रीको भाषण सुनिरहँदा सायद यो रोष्टममा प्रधानमन्त्रीको हैसियतले भाषण गर्ने दिन फर्किन्न कि भन्ने निश्कर्षका साथ भाषण गर्नुभयो । अव प्रधानमन्त्री कहिल्यै हुन्न भन्ने निश्कर्षका साथ माया मारेर रोष्टमबाट भाषण गरिरहनु भएको महसुस गराउनु भयो । उहाँ एउटा दलको अध्यक्ष पनि हुनुहुन्छ । यसरी भाषण गर्दा त्यो ख्याल गर्नुपर्थ्यो । आज बोलेको कुरा जीवनको अन्तिम क्षणसम्म पनि दिनुपर्छ भन्ने ख्याल नगरी बोल्नुभयो जस्तो लाग्यो
‘यो देशले निकास खाजेको छ, यो देशले अग्रगमन खोजेको छ । संबिधानको सफल कार्यान्वयन गर्नु छ । संबिधानअनुसार अरु थुप्रै कानूनहरु बनाउनु पर्ने छ । आत्मसम्मानपूर्ण अन्राष्ट्रिय छवी बनाउनु पर्नेछ । बलियो राष्ट्रिय एकता कायम गर्नुपर्ने छ । बलियो अर्थतन्त्र निर्माण गर्नुपर्नेछ । सुटकेस बोकेर देश छोडिरहेको युवाहरुलाई देशभित्रै रहने बातावरण बनाउनु छ । यी कामका लागि सवैसँग हातेमालो गर्नुछ । देशलाई सहीदिशा दिनुछ । यही कामका लागि संसदको दुई प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेस एउटा कठोर निर्णयमा पुग्नुपर्ने बाध्यता आइलागेको छ,’ सचिव भट्टराईले भन्नुभयो ।
एमाले सचिव भट्टराईले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन एमाले र नेकपा एमालेका अध्यक्ष केपी र्शा ओलीको भूमिका र कांग्रेस सभापति शेरबहादुर देउवाको भूमिका निर्णायक रहेको तथ्यसमेत राख्नुभयो ।
भट्टराईले भन्नुभयो, ‘आज संसदको अग्रभागमा माननीय केशी शर्मा ओली बस्नुभएको छ । उहाँ १२ बुँदे संझौताको एकजना मस्यौदाकार हो । उहाँको भूमिका निकै ठूलो छ । अर्का माननीय शेरबहादुर देउवा बस्नुभएको छ । उहाँलाई थुनामा राखिएको थियो । उहाँले त्यही थुनाबाटै हस्ताक्षर गर्नुभएको होइन र ? यो यथार्थलाई कसरी बिर्सन सकिन्छ ? तपाईहरुको योगदान छैन भनेका छैनौं हामीले तर तपाईहरुको जस्तो योगदान भन्दा माननीय केपी शर्मा ओली र शेरबहादुर देउवाको योगदान कम छैन भन्ने सत्यलाई भुल्न मिल्छ ? यस्तो काम किन गर्नुहुन्छ ?’
प्रधानमन्त्रीले आन्दोलनको उपलब्धी उल्ट्याउने काममा कांग्रेस र एमाले लागेको आरोपको जवाफ दिने क्रममा सचिव भट्टराईले ओली र देउवाले खेलेको भूमिकालाई जस्ताको तस्तै राखेर संसदको रोष्टमबाटै झुटको खेती नगर्न सचेत गराउनु भएको हो । उहाँले रोल्पादेखि सिलगुढी, दिल्ली पुगेर माओवादीलाई आफ्नो गलत बाटो सच्याएरु सही बाटोमा आउन सुझाएको इतिहास पनि संझाउनु भयो ।
यस्तै उहाँले प्रधानमन्त्री दाहालले बाम मनोबिज्ञानको कुरा गरेको भन्दै बिगतमा एमालेका ४५० भन्दा बढी नेता कार्यकर्ता मारिदा कता गयो भन्दै प्रश्न गर्नुभयो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदा बाम मनोबिज्ञान कता गयो भन्ने प्रश्न पनि सोध्नुभयो । लगानीभन्दा बढी नाफा खोजेको भन्दै त्यस्ता मनोबिज्ञान त्याग्न सुझाउनु भयो ।
प्रतिक्रिया दिनुहोस्