जनता टाइम्स

२८ असार २०८१, शुक्रबार १६:४७

कांग्रेस-एमालेबीचको सहमति लागु हुदैन : सिंह


काठमाडौं, २८ असार । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले कांग्रेस–एमालेबीचको सहमति लागु नहुने दाबि गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले अहिलेसम्म दलहरुबीच भएको सहमति कार्यान्वयन नभएको उदाहरण दिदै यो सहमति पनि कार्यान्वयन नहुने दाबि गर्नुभएको हो ।

सांसद सिंहले अहिले देश तीन प्रमुख नेताले चलाइरहेको दाबि गर्दै अहिलेसम्मको देशको हालतको लागि उनीहरुले जिम्मेवारी पनि नलिएको बताउनुभयो ।

सांसद सिंहले कुनै पनि दलमा लोकतन्त्र नभएको दाबि गर्दै उहाँले प्रधानमन्त्रीले पाँच बर्षे कार्यकाल पुरा गर्न नसकेको विषयको खोजि गर्नुपर्ने बताउनुभयो । सांसद सिंहले प्रधानमन्त्रीले राखेको विश्वासको मतको विपक्षमा मतदान गर्ने बताउनुभयो ।