जनता टाइम्स

२८ असार २०८१, शुक्रबार १९:१७

राष्ट्रपतिद्वारा अर्को सरकार गठन नभएसम्म काम गरिरहन प्रचण्ड मन्त्रिपरिषदलाई कार्यभार


काठमाडौं, २८ असार । राष्ट्रपति रामचन्द्र पौडेलले पुष्पकमल दाहाल प्रचण्डलाई अर्को सरकार गठन नहुन्जेल मन्त्रिपरिषद्को कार्यभार संचालन गर्न कार्यभार तोक्नुभएको छ ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले संसदमा विश्वासको मत पाउन नसकेको पत्र प्राप्त भएकोको जानकारी दिँदै संबिधान अनुसार अर्को सरकार गठन नहुन्जेल काम गरिरहन राष्ट्रपतिले कार्यभार तोक्नुभएको हो ।