काठमाडौं, असोज २१
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले विजया दशमी अर्थात् बडा दशैंका दिन आफ्ना बुवाबाट टीका तथा जमरा ग्रहण गर्नुभएको छ । पुनले उपराष्ट्रपति भवन हरितगृहमा ८६ वर्षीय बुवा रामसुर पुनबाट दशैं टीका तथा जमरा ग्रहण गर्नुभएको हो ।
दशैंको टीकाको शुभसाइत पारेर उहाले बुवाका हातबाट दशैंको टीका तथा आशीर्वाद ग्रहण गर्नुभयो । सो क्रममा उपराष्ट्रपति पुनले आफन्तजनहरू, सचिवालयका सदस्यहरूलाई पनि टीका लगाइदिनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्