काठमाडौं, असार ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार छाडने बेला सुशासनको क्षेत्रमा देखिने गरी काम गरेको भन्दै भ्रष्टाचारीको फाइल खोल्दा सरकार परिवर्तन भएको दलिल पेश गर्नुभएको छ ।
संसदको रोष्टमबाटै प्रधानमन्त्री दाहाल र उहाँकै निर्देशनमा राहदानी र नागरिकता प्रकरणमा दोषी भए पनि जोगाइएका तीन पोइका जोई रबि लामिछाने (गृहमन्त्री) दुवैले भ्रष्टाचारीमाथि कार्वाही गर्दा कांग्रेस र एमाले तर्सिएको हावादारी बयान दिनुभयो । भाषण चर्काे गरे पनि सत्तामा रहँदा प्रचण्ड र रबि दुवैले तस्करलाई संरक्षण गर्नेबाहेक अरु कुनै काम नगरेको प्रमाण बाहिर आएको छ ।
बिमानस्थलबाट भएको संगठित सुन तस्करीमा संलग्न मुख्य अभियुक्त जति सवैलाई चोख्याएर तस्करीका मुख्य नाइके स्थापित हुनुभएका प्रचण्ड र रबिले आफ्नो अपराध लुकाउन र जनताको ध्यान अन्यत्रै मोडनका लागि संसदबाट भ्रष्टाचारीबिरुद्धको कडा कदम चालेको नाटक मञ्चन गर्नुभएको देखिएको हो ।
प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रबि लामछिाने पदमा रहँदा सुन तस्कर जोगाउने भूमिकामा मात्रै रहेको तथ्यहरुले देखाएको हो । दुवै जना मिलेर तस्करीमा संलग्न माओवादीका नेता, कार्यकर्ता र ब्यापारीजति सवैलाई चोख्याउने उन्मुक्ति दिने काम गरेको तथ्यहरुले पुष्टि गरेको छ ।
घटना नम्बर १
त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट इसिगरेट (भेप) मार्फत भएको साढे ९ किलो सुन तस्करीमा पूर्वसभामुख तथा पर्वअर्थमन्त्री रहनुभएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता देखियो । प्रहरीको अनुसन्धानले सुन तस्करीमा महराको संलग्नता पुष्टि गरेपछि प्रहरीले पक्राउ गर्यो । भारततिर भाग्दै गर्दा सीमावर्ती कपिलबस्तुबाट पक्राउ गरीमहरालाई काठमाडौं ल्याइयो ।
भेपमा साढे ९ किलो सुन ल्याउने तस्करसँग महरा र उहाँका छोरा राहुलको २५६ पटक फोन संवाद भएको पुष्टि भएपनि प्रधानमन्त्री प्रचण्डको निर्देशनअनुसार गृहमन्त्री रबि लामिछानेले ‘राज्यको पनि करुणा हुन्छ’ भन्दै छाडिदिए । महरामाथि मुद्धा समेत नलगाई उन्मुक्ति दिइयो । भ्रष्टाचारीलाई छाडिन्न भन्ने नारा दिएर ब्यवहारमा सुन तस्करलाई जसरी पनि जोगाइन्छ भन्ने प्रमाणित गरे ।
घटना नम्बर २
बिमानस्थलबाट भएको ३१ किलो सुन तस्करी प्रकणका अभियुक्त चिनिया नागरिक दावाछिरिङसँग संन्दिग्ध संवादमा रहेका अध्इागमन प्रमुख सहसचिव झलकराम अधिकारीलाई सामान्य सोधपुछ समेत नगरी उन्मुक्ति दिइयो ।
प्रतिपक्षमा हुँदा सामान्य सोधपुछ गरी छाडियो भन्दै ५ हात उफ्रिएका गृहमन्त्री रबि लामिछाने आफै मन्त्री भएपछि भने अधिकारीसँग सामान्य सोधपुछसमेत नगरी छाडिदिए । सुन तस्करसँग सम्पर्कमा रहँदा माओवादी नेता नारायणकाजी श्रेष्ठसँग मात्र घनिष्ठता रहेका अधिकारी अहिले रबिसँग पनि निकै घनिष्ठ रहेका छन ।
घटना नम्बर ३
सुन तस्करीका नाइके चिनियाँ गिरोहका सदस्य दावाछिरिङ र दावाजिन वाङसँग बिशेष सम्बन्ध रहेको र तस्करीमा प्रत्यक्ष संलग्नता देखिएको पाइएपछि सिआइवीले पूर्वराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेतरहेका अखिल क्रान्तिकारीमा महासचिव दिपेश पुनलाई सोधपुछ गरेको थियो । तर उनैलाई तस्करीमाउन्मिुक्ति दिइयो ।
घटना नम्बर ४
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनकै जेठा छोरा जीतेन्द्र पुनले चिनियाँ ब्यापारीसँग तमसुक गरी उधारोमा सुन ल्याएको भिडियोसहितको प्रमाण सार्वजनिक भयो तर तथ्य सार्वजनिक भएको चार महिनासम्म जीतेन्द्रलाई कानूनको दायरामा ल्याउने काम भएन । उनलाई हाकाहाकी उन्मुक्ति दिइयो ।
घटना नम्बर ५
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका बैदेशिक मामिला सल्लाहकार रहेका माओवादी नेताका एकाउन्टेन्ट जीवन गुरुङ सुन तस्करीमा संलगन रहेको प्रमाणित भयो । १४ किलोसुन तस्करीमा जमानत पाएका जीवन ६१ किलो सुन तस्करी प्रकरणमा पनि मुछिए । तर जीवनलाई माओवादीकै नेताहरुले फरार गराए । हाल उनी दुवइमा रहेको पुष्टि भएको छ ।
घटना नम्बर ६
सुन तस्कर समुहका नाइकेमध्येका एक चिनियाँ नागरिक दावाछिरिङकी पत्नी अमला रोका र पूर्वअर्थमन्त्री बर्षमान पुन, पत्नी ओनसरी घर्ती मगर र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको पारिवारिक सम्बन्ध रहेको छ । अमला र दावाले गर्ने हरेक काममा यी दुई परिवार प्रत्यक्ष संलग्न रहेको देखिन्छ तर प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रबिले यति गम्भीर अपराधमा संलग्न रहेको समुहका नाइकेलाई साथ दिन पुन परिवारलाई योजना बनाएरै उन्मुक्ति दिनुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रबि लामछिाने पदमा रहँदा सुन तस्कर जोगाउने भूमिकामा मात्रै रहेको तथ्यहरुले देखाएको हो । दुवै जना मिलेर तस्करीमा संलग्न माओवादीका नेता, कार्यकर्ता र ब्यापारीजति सवैलाई चोख्याउने उन्मुक्ति दिने काम गरेको तथ्यहरुले पुष्टि गरेको छ ।
यस्तो छ महरा दोषी रहेको तथ्य-प्रमाण
सिआइबीले गरेको अनुसन्धानबाट भेप प्रकरणमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा महरा बाबुछोराले भन्सार विभागका कर्मचारीलाई पटक पटक फोन गरेर विमानस्थल भन्सार कार्यालयमा रहेको भेप लिलामी गर्न दबाब दिएको खुल्न आएको उल्लेख छ । सिआइबी प्रतिवेदनमा महराका बाबुछोरा, भेपमा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक ली र अरू सम्पर्क सूत्रको टेलिफोन नम्बरसहित राखिएको छ ।
महरा बाबुछोराले भन्सारका कर्मचारीलाई फोन गरेर भेप ल्याउने लि आफ्नो व्यापारिक साथीको भएको र सके भेप छाडिदिन नभए लिलामीमा राखिदिन आग्रह गरेका थिए । महरा बाबुछोराले लीले बुढी गण्डकी जलविद्युत् आयोजनामा काम गर्ने मजुदरका लागि भेप ल्याएकाले छाडिदिन दबाब दिएका थिए। सिआइबीले अनुसन्धानका क्रममा कल डिटेल हेर्दा सुन तस्करसँग महरा बाबुछोराको कनेक्सन देखिएको र उनीहरूले भन्सार प्रमुखलाई दबाब दिएको खुल्न आएको थियो ।
राहुल महराले भन्सार कार्यालयका कर्मचारीलाई फोन गरी सके भेप छाडिदिन, नसके लिलामीमा राखिदिन भनेको बयान सिआइबीलाई दिएका थिए । राहुलले ली चिनेजानेका मानिस भएका कारण भन्सारका कर्मचारीलाई छाडिदिन फोन गरेको स्वीकार गरेका छन । भेप प्रकरणमा चिनियाँ नागरिक दाओजिङ वाङ, लोकेन्द्र पौडेल, खुवाप्रसाद न्यौपाने, राहुल महरालगायतले सम्पर्कसूत्रको काम गरेका थिए । भेपमा शंका लागेपछि विमानस्थल भन्सारले बरामद गरी लीलाई छाडेको थियो। भन्सारले छाडेपछि भेप छुटाउन लीले महरा बाबुछोरालगायतसँग सम्पर्क गरेका थिए ।
बरामद भेपभित्रको करिब नौ किलो सुन भन्सार कार्यालयको स्टोरमा कार्यरत नायबसुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत र सुरक्षागार्डसमेत मिलेर करिब ६ करोड रूपैयाँमा बिक्री गरेको पनि अनुसन्धानबाट खुल्न आएको थियो । उक्त सुन बेच्ने योजनाकार भन्सार एजेन्ट बस्नेत रहेको सिआइबी अनुसन्धानबाट खुलेको थियो । उनले विमानस्थल भन्सार कार्यालयका नायबसुब्बा खड्कासँग मिलेर करिब नौ किलो सुन चोरी गरी बेचेका थिए। त्यो सुन चोरेर बेच्नुुअघि नै उनीहरूले महरा बाबुछोरालाई भन्न लगाएर लिलामीमा राख्ने कोसिस गरेका थिए।
भेप फिर्ता गर्ने र लिलामीमा राख्ने दुवै प्रयास सफल नभएपछि त्यसभित्रको सुन झिकेर बेचिएको थियो । पोखरेलाई कारबाही सिफारिस गरेको सुन तस्करी जाँचबुझ आयोगले कृष्णबहादुर महरालाई पनि पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउन भनेको छ। महराको छोरा राहुल हाल थुनामै रहेका छन ।
प्रतिक्रिया दिनुहोस्