जनता टाइम्स

२३ बैशाख २०७६, सोमबार १०:१०

भारतिय एम्बुलेन्सबाट नेपालमा गाँजा ओसारपसार


हेटौडा, वैशाख २३

भारतीय एम्बुलेन्सको प्रयोग गरी नेपालबाट गाँजा ओसारपसार हुने गरेको खुलासा भएको छ। मकवानपुर प्रहरीले भारतीय एम्बुलेन्सबाट ६४ केजी गाँजा बरामद गरेपछि यस्तो रहस्य खुलेको हो।

आइतबार विहान हेटौंडा–१५ लच्कामा रोकिराखेको एम्बुलेनसमा ६४ किलो गाँजा मकवानपुर प्रहरीले बरामद गरेको थियो । इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी अरुणकुमार कुशवाहको कमाण्डमा रहेको गस्ती टोलीले शंकास्पद अवस्थामा रोकी राखेको भारतीय बिआर ०६ पि ५६०५ नम्बको एम्बुलेन्स जाँच गर्दा ड्राईभरको सीट पछाडि लुकाइ राखेको गाँजा बरामद गरेको हो। एम्बुलेन्स चालक तथा तस्करहरु भने फरार रहेको प्रहरीले जनाएको छ।