जनता टाइम्स

३० असार २०८१, आईतवार २३:५०

पत्रकारद्वय दीपा र मातृकालाई ‘टंकप्रसाद-रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता’ पुरस्कार


काठमाडौं, असार ३० । अमेरिकाको टेक्सासमा केन्द्रीय कार्यालय रहेको हेम–सरिता पाठक फाउन्डेसनद्वारा स्थापित ‘भ्रष्टाचारविरुद्ध’को ‘टंकप्रसाद–रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकारद्वय मातृका दाहाल र दीपा दाहाललाई संयुक्त प्रदान गर्ने निर्णय भएको छ।

देशका चर्चित प्रकरणहरूमा निष्पक्ष तवरमा निडर भएर समाचार सम्प्रेषण गरेको आधारमा दाहालद्वयलाई संयुक्त रूपमा पुरस्कार प्रदान गर्ने निर्णय भएको हेम–सरिता पाठक फाउन्डेसन नेपालका अध्यक्ष राधेश्याम लेकालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पत्रकार मात्रिका दाहाल कान्तिपुर दैनिक र दीपा दाहाल उकालो डटकममा आबद्ध हुनुहुन्छ। निकट भविष्यमा काठमाडौंमा एक समारोहको आयोजना गरी पुरस्कार प्रदान गरिने जानकारी प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।