काठमाडौं, ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्जुभएको छ । आज पद तथा गोपनियताको शपथग्रहणसँगै प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
त्यसअघि उहाँले लैनचौरस्थित सहिद स्मारकमा रहेका सहिदहरूको सालिकमा माल्यार्पण गर्नुभएको थियो । साथै पार्टी केन्द्रीय कार्यालय च्यासला पनि पुग्नुभएको थियो । प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्