जनता टाइम्स

२१ आश्विन २०७६, मंगलवार १४:०६

ढाका टोपीमा सजिएका राजदूत बेरीले लगाउनु भयो टीका


काठमाडौं, असोज २१

नेपालका लागि अमेरिकी राजदूत र्‍याडी बेरीले बडा दसैंका अवसर पारेर टीका ग्रहण गर्नुभएको छ । मंगलबार टीका र जमरा ग्रहण गर्दै राजदूत बेरीले दसैं मनाउनु भएको हो ।

बेरी सुट र ढाका टोपीमा सजिएर सामाजिक सञ्जालमा फोटोमा हाल्नु भएको छ । टीका ग्रहण पश्चात उहाले नेपाली भेषभूषा लगाएकासँग फोटो सेसन पनि गर्नुभएको छ । उहाले आफ्ना फोटा ट्वीटरमा सार्वजनिक गर्दृै सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको कामना गर्नुभयो ।