काठमाडौं, साउन २ । नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ५० हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो ।
जसअनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८ सय रुपैयाँ कायम भएर कारोबार भएको थियो ।
यस्तै बुधबार तेजाबी सुन तोलामा १ लाख ४८ हजार एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ८ सय ९५ रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया दिनुहोस्