काठमाडौं, साउन २ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ प्रधानमन्त्री लि चियाङले बधाई तथा शुभकामना दिनुभएको छ ।
चिनियाँ प्रधानमन्त्री लिले परराष्ट्र मन्त्रालयमार्फत आज सन्देश पठाउँदै प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिनुभएको हो । शुभकामना सन्देशमा चिनियाँ प्रधानमन्त्री लिले भन्नुभएको छ, ‘यहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्न चाहन्छु ।’
दुई देशका नेताबिच भएको महत्त्वपूर्ण समझदारी नेपाल–चीन उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड’मा सहकार्य एवं विकास र समृद्धिका लागि विविध क्षेत्रसहित नेपाल–चीनबीचका नयाँ रणनीतिक सहकार्य सम्झौता विस्तार गर्दै प्रधानमन्त्री ओलीसँग काम गर्न इच्छुक छु
आफ्नो सन्देशमा प्रधानमन्त्री लिले हिमाल र नदीहरूले जोडिएका दुई छिमेकी मित्रराष्ट्रहरू बीच ६९ वर्षदेखिको मित्रवत सम्बन्ध पञ्चशीलमा आधारित शान्तिपूर्ण सहअस्तित्व तथा समानताको असल उदाहरण भएको उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री लिले दुई देशका नेताबिच भएको महत्त्वपूर्ण समझदारी नेपाल–चीन उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड’मा सहकार्य एवं विकास र समृद्धिका लागि विविध क्षेत्रसहित नेपाल–चीनबीचका नयाँ रणनीतिक सहकार्य सम्झौता विस्तार गर्दै प्रधानमन्त्री ओलीसँग काम गर्न आफू इच्छुक रहेको धारणा पनि राख्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्