जनता टाइम्स

४ श्रावण २०८१, शुक्रबार १०:०६

मध्यराती गेष्टहाउसबाट प्रहरीले गर्यो छ जना बालिकाको उद्धार


काठमाडौं, साउन ४ । काठमाडौंको कोटेश्वरस्थित एक गेष्टहाउसबाट छ जना बालिकाको उद्धार गरिएको छ ।

बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका टोलीले गेष्टहाउसबाट उनीहरूलाई गए राति उद्धार गरेको हो ।

रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एण्ड गेष्टहाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाइफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्यूरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिनुभयो ।

टोलीले गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौँको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई नियन्त्रणमा लिएको छ ।