जनता टाइम्स

५ श्रावण २०८१, शनिबार १०:५०

कांग्रेसले बोलायो संसदीय दलको बैठक


काठमाडौं, ५ साउन । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले आइतबार बिहान १२ बजे बस्ने गरि संसदीय दलको बैठक बोलाएको हो ।बैठक संघीय संसद भवन नयाँ वानेश्वर, ल्होत्से हल नयाँ बानेश्वर काठमाडौंमा हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने तयारी गरिरहेका बेला कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । कांग्रेसएमाले गठबन्धनको सरकारले संसदमा दुई तिहाई बहुमत पुर्याउने कसरत गरिरहेका छन् ।