जनता टाइम्स

५ श्रावण २०८१, शनिबार १८:१२

कांग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनीत


काठमाडौं, साउन ५ । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनीत हुनुभएको छ । कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आज घिमिरेलाई प्रमुख सचेतकमा मनोनीत गर्नुभएको हो ।

यसअघिका प्रमुख सचेतक रमेश लेखक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री बनेपछि दलका नेता देउवाले सिन्धुली क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य घिमिरेलाई सो जिम्मेवारी दिनुभएको हो ।