काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)सँगको सहमतिलाई आफूहरूले इमानदारी साथ कार्यान्वयन गर्ने बताउनुभएको छ । बीपी स्मृति दिवसका अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले सरकार निर्माणका क्रममा एमालेसँग गरिएको सहमतिमा कांग्रेसका तर्फबाट तलमाथि नहुने स्पष्ट पार्नुभयो । उहाँले अबका दुई वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नै सरकारले निरन्तरता पाउने जिकिर गर्नुभयो ।
उहाँले एकले अर्कालाई ढाँट्ने, झुक्याउने र धोका दिने परिपाटी यसअघि देखिएकाले मुलुकलाई स्थिरता दिन ठूला दलहरू एक ठाउँमा आउनुपरेको प्रष्ट पार्नुभयो । वर्तमान सरकार शंका र संशयबाट मुक्त हुनुपर्नेमा उहाँले जोड दिनुभयो । महामन्त्री थापाले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउन अवसर प्राप्त भएकाले यसमा गम्भीर भएर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्