चितवन, साउन ७ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका लेखा अधिकृत अमृता कोइरालालाई घुससहित पक्राउ परेकी छिन ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले कोइरालालाई आज पक्राउ गरेको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेले हेटौडाबाट गएको आयोगको टोलीले औषधि आपूर्तिको बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेकसहित लेखा अधिकृत कोइरालालाई नियन्त्रयमा लिएको थियो ।
कोइराला घुस रकम लिइसकेको अवस्थामा भरतपुर महानगरपालिका वडा नम्बर ४ कटहर चोकबाट पक्राउ गरिएको छ । कोइरालामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्